गृहपृष्ठ काठमाडौंमा ग्वान्जाओको फोटो प्रदर्शनी
काठमाडौंमा ग्वान्जाओको फोटो प्रदर्शनी

नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको सन्दर्भमा सांस्कृतिक तथा पर्यटकीय आदानप्रदान गर्ने उद्देश्यले आज यहाँ विविध कार्यक्रम आयोजना गरिएको छ ।
चाइना सेन्टर फर इन्टरनेशनल कम्युनिकेशन डेभलपमेन्ट, ग्वान्जाओ कल्चर र रेष्टुरेन्ट ग्रुपद्वारा आयोजित ‘ग्वान्जाओ सहर प्रवर्द्धन’ कार्यक्रममा तस्वीर प्रदर्शन तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ग्वान्जाओ सरहका विभिन्न पक्ष समेटिएका ५० बढी तस्वीर प्रदर्शनका साथै ग्वान्जाओ सांस्कृतिक समूहले विभिन्न प्रस्तुति दिएको थियो । यस्तै ग्वान्जाओ रेष्टुरेन्ट ग्रुपकातर्फबाट स्थानीय खानाका विभिन्न परिकार प्रस्तुत गरिएको थियो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले दुई देशका बीचमा हुने सांस्कृतिक आदानप्रदानबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । काठमाडौँस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सीनले आर्थिक तथा व्यापारिक, शिक्षा, पर्यटनलगायत क्षेत्रमा ग्वान्जाउ र काठमाडौँबीच विशेष सम्बन्ध रहीआएको बताए ।
प्रकाशित समय : २२:३० बजे