गृहपृष्ठ पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता
पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानले पछिल्ला १३ दिनमा झण्डै ६० हजार अफगान नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जानकारी दिएको छ ।
आईओएमका अनुसार सन् २०२५ अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट धेरै अफगान नागरिक अफगानिस्तान फर्किएका छन् ।
सङ्गठनले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ । सन् २०२३ सेप्टेम्बर यता पाकिस्तान र इरानबाट करिब २४ लाख ३० हजार अफगान नागरिकहरू फर्किसकेका छन्, जसमा धेरैजसोलाई स्वेच्छाले नभई बाध्य भएर फर्कनु परेको बताइएको छ ।
पाकिस्तान सरकारले सन् २०२५ भित्र करिब ३० लाख अफगान नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ ।
हाल करिब ७० लाख अफगान नागरिक विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश पाकिस्तान र इरानमा छन्। तीमध्ये धेरैजसोसँग आवश्यक कागजातहरू छैनन् ।
प्रकाशित समय : २२:१३ बजे