global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दिगो पानी स्रोत संरक्षणमा ध्यान दिन्छौँ :मन्त्री यादव

दिगो पानी स्रोत संरक्षणमा ध्यान दिन्छौँ :मन्त्री यादव

दिगो पानी स्रोत संरक्षणमा ध्यान दिन्छौँ :मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले दिगो पानी स्रोतको संरक्षण, स्वच्छ ढल व्यवस्थापन र सबै नागरिकका लागि सहज सरसफाइ सेवा सुनिश्चित गर्दै ‘नयाँ युगको आधारशिला’ निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को प्रगति र कार्ययोजना, आगामी आव २०८२/८३ को योजना तर्जुमा, र विभागको नयाँ स्वीकृत सङ्गठनात्मक संरचनाअनुरूप भावी रणनीतिमाथिको गहन छलफल तथा अन्तक्र्रियामा उनले सो कुरा बताएका छन ।

मन्त्री यादवले भने, “हाल मुलुकभर १२ ठूला आयोजना सम्पन्न भई २० लाखभन्दा बढी नागरिक प्रत्यक्षरूपमा सुरक्षित खानेपानी सेवाबाट लाभान्वित भएका छन् । चालु आर्थिक वर्षभित्र, ११ अर्बभन्दा बढीको वहुवर्षीय स्रोत सहमति प्राप्त भई ८१ नयाँ आयोजना ठेक्का प्रक्रियाअन्तर्गत अघि बढिरहेका छन्, जुन हाम्रो प्रतिबद्धताको मूर्तरूप हो ।”

मन्त्री यादवले आफ्नै कार्यकालमा सात वर्षदेखि रोकिएको नेपाल खानेपानी संस्थान कर्मचारी सेवाशर्त विनियमावलीलाई अन्ततः कार्यान्वयनमा ल्याइएको स्पष्ट पारे । देशका गरिब, विपन्न तथा दुर्गम क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरूलाई निःशुल्क खानेपानीको पहुँच सुनिश्चित गर्ने दिशामा सरकारले ठोस र दूरदर्शी पहल गरेको उनले दाबी गरे ।

दीर्घकालीन खानेपानीका लागि अन्तरराष्ट्रिय सहकार्यको दिशामा पनि उल्लेखनीय प्रगति भएको र दिगो पानी स्रोतको संरक्षण, स्वच्छ ढल व्यवस्थापन, र सर्वसुलभ सरसफाइ सेवा सुनिश्चित गर्दै नयाँ युगको आधारशिला निर्माण गर्दै गरेको मन्त्री यादवले बताए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वच्छ, शुद्ध अनि गुणस्तरीय खानेपानी सेवा प्रदानका लागि मन्त्रालयले विभिन्न आयोजना अघि सारेर काम भइरहेको बताए । उनले भने, “हामी नेपाली नागरिकलाई स्वच्छ, शुद्ध अनि गुणस्तरीय खानेपानी सेवा प्रदान गर्न अहोरात्र खटिएका छौँ । खानेपानीको क्षेत्रमा गरेका कामको चाँडै परिणाम देखिने छ ।”

यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिवर्तन उत्थानशिल खानेपानी संरचना निर्माण गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने र सम्पूर्ण नागरिकलाई खानेपानी तथा सरसफाइ सेवाको पहुँच पुर्‍याउने बताए ।

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु