global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ काठमाडौंमा सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’

काठमाडौंमा सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’

काठमाडौंमा सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’

नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर आजदेखि ‘ललितकला मेला–२०८२’ सुरु भएको छ ।

मेलाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तरचेतना जगाउने बताए।

मन्त्री पाण्डेले समाजलाई सही बाटोमा जानका लागि उत्प्रेरित गर्ने काम पनि कलासंस्कृतिले गर्ने बताए । कला क्षेत्रका परम्परागत ज्ञान, सीपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले यही नै पछिका लागि इतिहास बन्ने धारणा राखे।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको मेलामा कला सरोकारी, ललितकर्मी, विद्यार्थी, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति रहँदा प्रतिष्ठानलाई थप ऊर्जा मिलेको बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ठूलो कुरा सुरुआत साना–साना प्रयासबाटै हुने बताए ।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचारप्रसार, नेपाली ललितकलाको बजार प्रवर्द्धन, कला पर्यटनको विकासलगायत क्षेत्रमा थप सहयोग गर्ने बताए।

विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि यस मेला गरिएको हो ।

मेलाका माध्यमबाट यी विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनुसन्धानकर्ता, कलाकृति तथा कला वस्तुसँगै सर्जकसमेतलाई एकै थलोमा भेला गराई स्थलगतरूपमा ललितकलाको प्रवर्द्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने रहेको छ ।पैतालीसभन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्नेछ ।

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु