global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै

वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै

वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै

काठमाडौंकोे वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ ।
पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो ।

वायु गुणस्तर विज्ञ डा.भुपेन्द्र दास भने काठमाडौं अझैपनि प्रदूषण सहरको नम्बर एकमा नै झर्ने जोखिम रहेको बताउँछन् । उनले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको भएतापनि अब टेम्पे्रचर हाई हुने कारण वर्षा नहुने हुँदा प्रदूषण बढ्ने खतरा रहेको बताए ।

उनले भने,‘अहिले एक्युआईमा हेर्ने हो भने काठमाडौं ३० नम्बरमा छ । पानी पर्यो । हावाहुरी लाग्यो । त्यसकारण पनि सुधार भएको छ । तर फेरी प्रदुषण बढ्ने सम्भावना छ । अब झन मौसम सुख्खा हुन्छ । पानी पर्ने सम्भावना पनि कम हुन्छ । त्यसैले यो गढबढ भइरहन्छ । यो अप्रिल महिनाभर चाँही एक नम्बरमा झर्ने सम्भावना रहि नै रहन्छ ।’

त्यस्तै उनले वायु प्रदुषण कम गर्ने की नगर्ने भन्ने कुरा मानव क्रियाकलापमा पनि निर्भर रहने बताए । उनले भने,‘वन डढेलाहरु धेरै मानवहरुको गल्तीले पनि हुने गर्छ । यसले गर्दा प्रदूषण बढ्ने । त्यसैले घटाउने कि बढाउने मानव क्रियाकलापमा पनि निर्भर रहने कुरा हो ।’

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु