global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एनआईसी एशिया बैंकबाट १०० रुपैयाँको मोबाइल टपअप गर्दा ‘आइफोन १६’ जित्ने मौका

एनआईसी एशिया बैंकबाट १०० रुपैयाँको मोबाइल टपअप गर्दा ‘आइफोन १६’ जित्ने मौका

एनआईसी एशिया बैंकबाट १०० रुपैयाँको मोबाइल टपअप गर्दा ‘आइफोन १६’ जित्ने मौका

एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६’ योजना सार्वजनिक गरेको छ ।

एफवानसफ्ट प्रालिसँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् ।

बैंकका अनुसार ग्राहकले मो बैंक एपमार्फत न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गरेमा योजना स्वतः लागू हुनेछ । वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा टपअप गर्ने ग्राहकमध्येबाट एक जना भाग्यशालीलाई गोलाप्रथामार्फत विजेता घोषणा गरिनेछ ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु