global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् ।

अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् ।

‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध छ’ अर्थमन्त्री पौडेलको जवाफ छ ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु