global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चीनले केही अमेरिकी कर्मचारीलाई भिसा प्रतिबन्ध लगायो

चीनले केही अमेरिकी कर्मचारीलाई भिसा प्रतिबन्ध लगायो

चीनले केही अमेरिकी कर्मचारीलाई भिसा प्रतिबन्ध लगायो

चीनले केही अमेरिकी कर्मचारीमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

तिब्बतसम्बन्धी विषयमा अनुचित व्यवहार गर्ने केही अमेरिकी कर्मचारीहरूलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

तिब्बती क्षेत्रमा विदेशीको पहुँचलाई नियन्त्रण गर्ने नीतिमा संलग्न चिनियाँ अधिकारीमाथि दुई हप्ता अघि वासिङ्टनले थप भिसा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नियमित पत्रकार सम्मेलनमार्फत चीनले यो घोषणा गरेको हो ।

अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीले अमेरिकी कूटनीतिज्ञ, पत्रकार र अरू अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई तिब्बत र त्यहाँका अरू क्षेत्रमा पहुँच दिन अस्वीकार गरेको आरोप लगाएको छ । अमेरिकी कूटनीतिज्ञ र अरू व्यक्तिलाई उक्त क्षेत्रमा निर्बाध पहुँच दिन पनि माग गरेको छ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु