global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अन्तरपालिका स्तरीय भलिबल बैशाख ३ गतेदेखि हुने

अन्तरपालिका स्तरीय भलिबल बैशाख ३ गतेदेखि हुने

अन्तरपालिका स्तरीय भलिबल बैशाख ३ गतेदेखि हुने

कञ्चनजंघा हीरक महोत्सवको अवसरमा हुने अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । महोत्सवको मुख्य आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार बैशाख ३ गते हुने पहिलो खेलमा समूह‘क’मा रहेको आयोजक फक्ताङलुङ गाउँपालिकाको भिडन्त फुङलिङ नगरपालिकासँग हुने भएको छ ।

बैशाख ३ गते नै हुने दोस्रो खेलमा समूह ‘ख’मा रहेको मिक्वाखोला गाउँपालिकाले सोही समूहको सिरिजङ्गा गाउँपालिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । बैशाख ४ गते तेस्रो खेलमा समूह ‘क’मा रहेको सिदिङ्वा गाउँपालिकाले सोही समूहमा रहेको आमन्त्रित पाँचथरको याङ्वरक गाउँपालिकासँग खेल खेल्ने छ ।

सोही दिन हुने चौथो खेलमा समूह‘ख’मा रहेको पाथीभरा याङ्वरक गाउँपालिकाले मेरिङदेन गाउँपालिकाको सामना गर्ने छ । समूह चरणका खेल सकिएपछि सेमिफाइनल र फाइनल चरणका खेल हुने भएका छन् ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु