global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प President Donald Trump speaks in the James Brady Press Briefing Room at the White House, Thursday, Jan. 30, 2025, in Washington. (AP Photo/Alex Brandon)

चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जलि अर्पण गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भ्रमणले संयुक्त राज्यलाई ‘बिगार्ने’ लक्ष्य राखेको बताएका छन ।

मलेसिया र कम्बोडिया समावेश हुने दक्षिणपूर्वी एसिया भ्रमणको एक हिस्साका रूपमा सी भियतनाममा छन । ती मुलुकका नेताहरूले अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको बेला बेइजिङले आफूलाई ट्रम्पको स्थिर विकल्पका रूपमा स्थापित गर्न खोजिरहेको छ ।

बेइजिङको सरकारी मिडियाका अनुसार चिनियाँ राष्ट्रपति सीले सोमबार आफ्नो देश र भियतनामलाई ‘एकपक्षीय धम्कीको विरोध गर्न र विश्वव्यापी स्वतन्त्र व्यापार प्रणालीको स्थिरतालाई कायम राख्न’ आह्वान गरे ।

केही घण्टापछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई उनीहरूको बैठक संयुक्त राज्यलाई चोट पु-याउने उद्देश्यले थियो भने ।

“म चीनलाई दोष दिन्नँ । म भियतनामलाई दोष दिन्नँ । म दिन्नँ । मैले देखेँ कि उनीहरू आज भेट्दैछन्, र त्यो अद्भुत छ”, उनले भने, “त्यो एक सुन्दर बैठक हो.. हामीले संयुक्त राज्य अमेरिकालाई कसरी बिगार्ने भनेर पत्ता लगाउने प्रयास जस्तै ।”

चीन र भियतनामले सोमबार आपूर्ति शृङ्खला, कृत्रिम बौद्धिकता (एआई), संयुक्त समुद्री गस्ती र रेलमार्ग विकास सहित ४५ सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सीले सोमबार भियतनामका शीर्ष नेता तो लामसँगको बैठकमा उनिहरूको देशहरू ‘इतिहासको निर्णायक विन्दुमा उभिएका छन्.. र संयुक्त हातहरू अगाडि बढ्नुपर्छ’ भने ।

भियतनाम समाचार एजेन्सीका अनुसार लामले वार्तापछि दुई नेताले ‘धेरै महत्त्वपूर्ण र व्यापक साझा धारणाहरू प्राप्त गरेको’ बताए ।

 

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु