गृहपृष्ठ सिरुवा पर्वको अवसरमा कोशीमा सार्वजनिक बिदा
सिरुवा पर्वको अवसरमा कोशीमा सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आज (मङ्गलबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रुपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।
खासगरी तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ । वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गरेको छ । कसै कसैले भने चैत्रको परिकार वैशाख (एक वर्षको) खाएर पनि पर्वलाई समापन गर्ने गर्दछन् ।
विराटनगरका अगुवा प्रदीप विश्वासका अनुसार शिरमा आफूभदा सानालाई चैत्रमै राखिएको पानी वैशाखको १ गते राखेर आशीर्वाद दिने र सानाले ठूलाको गोडामा राखेर आशीर्वाद लिने गर्दछन् ।
मुख्यरुपमा पानी शिरमा राखेर नयाँ वर्षको सुरुवात गर्नुलाई सिरुवाका रुपमा लिने गरिन्छ । यसैगरी सिरुवामा जडिसुतल खेल्ने, रङ्ग खेल्ने परम्परा पनि रही आएको छ ।
प्रकाशित समय : १२:०३ बजे