गृहपृष्ठ आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै
आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै

आवासीयष चिकित्सकका विषयमा अदालतमा रहेको महत्वपूर्ण मुद्दाको आज सुनुवाई हुँदैछ। आवासीय चिकित्सकहरूले पूर्वनिर्धारित परीक्षा सिटको सुनिश्चितता र हाम्रो मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्तालाई लिएर अदालतमा मुद्दा दायर भएको छ।
उक्त मुद्दामाथि आज सुनुवाई हुने सम्भावना रहेको छ। यसअघि भएको निर्णय कार्यान्वयनको माग राख्दै आवासीय चिकित्सक केही दिनदेखि आन्दोलित छन्।
आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बित्दा पनि कलेज सञ्चालकले सुनुवाई नगरेपछि उनीहरु काम छाडेर आन्दोलनमै उत्रिनुपरेको हो।
प्रकाशित समय : १०:२३ बजे