गृहपृष्ठ केपी ओली कप क्रिकेटमा अत्तरिया र होराइजन विजयी
केपी ओली कप क्रिकेटमा अत्तरिया र होराइजन विजयी

पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी २० पुरूष क्रिकेटमा अत्तरिया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा समूह ‘डी’ तर्फ अत्तरिया र होराइजनले जित निकालेका हुन् । अत्तरियाले सुन्दर हरैचा क्रिकेट क्लबविरुद्ध १ विकेटको जित निकाल्दा होराइजनले मालपोखरी क्रिकेट क्लबविरुद्ध ४२ रनले जित दर्ता गरेको छ । दुवैले समुहमा २–२ अंक बटुलेका छन् ।
पोखरा रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको तीन ओभर छोट्टाइएको खेलमा सुन्दर हरैचाले ६ विकेटको क्षतीमा १३५ रन बनायो । ओपनर रितेश राईलाई सुरुवातमै ४ रनमा गुमाएपछि, सन्दीप ढुंगानाले इनिङलाई सम्हाल्दै २४ बलमा ३० रनको योगदान दिए । मृणाल गुरुङले र मनिष थापाले १५ बलमा २० रन बनाए ।
मध्यमक्रममा समीर कार्कीले २२ बलमा २६ र गौरव कटवालले १५ बलमा १७ रन बनाउँदै इनिङलाई स्थायीत्व दिए । तर अन्तिमतिर ओम्कार यादवले विस्फोटक प्रदर्शन गर्दै १४ बलमा अविजित २३ रन बनाए ।
यता अत्तरियाको बलिङतर्फ अर्जुन बिकले सबैभन्दा प्रभावशाली स्पेल फाले । उनले ४ ओभरमा मात्र २२ रन खर्चेर २ विकेट लिए । भोेजराज भट्टले ३ ओभरमा १२ रन खर्चेर १ विकेट लिए । यता बसन्त खत्रीले पूरै ४ ओभर बलिङ गर्दै ४० रन खर्चेर १ विकेट लिए ।
प्रकाशित समय : १९:१७ बजे