global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भारतमा इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिईने

भारतमा इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिईने

भारतमा इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिईने

काठमाडौं भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार भारतीय रुपैयाँसम्म अनुदान दिने भएको छ । दिल्ली सरकारले तयार पारेको प्रस्तावित ‘इलेक्ट्रिक भेहिकल (ईभी) पोलिसी २.०’को मस्यौदमा यस्तो व्यवस्था गरिएको हो ।

पीटीआइले तयार पारेको मस्यौदा अनुसार ड्राइभिङ लाइसेन्स भएका पहिलो १० हजार महिलाहरूले यो सुविधा पाउने छन् । सरकारले ईभीको प्रयोग बढाउन महिला सहभागितालाई प्रोत्साहन गर्ने नीति अनुसार अनुदान दिन लागेको हो ।

प्रस्तावित नीति अनुसार महिलाले विद्युतीय स्कुटर खरिदमा प्रतिकिलो आवर १२ हजार भारुका दरले अधिकतम ३६ हजार रुपैयाँसम्म अनुदान पाउने छन् । अर्थात् ३ किलोवाट आवर ब्याट्री क्षमताको स्कुटर खरिदमा अनुदान पाउने भएका हुन् ।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु