global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन

ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन

ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन

नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएको राजावादी प्रदर्शनमा भएको हिंसामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी नलिएको जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उत्तिकै आक्रामक देखिएको एमालेले उनैले तोकेको कमाण्डरका कारण सो अप्रिय घटना भएको भन्दै जिम्मेवारी लिनु पर्नेसमेत जिकिर गरेका छन ।

भर्खरै सम्पन्न सचिवालयको बैठकमा पुर्व राजा शाहले ‘नेपाली जनतामाजागरण आएको’ भन्ने सन्देश प्रति असहमति जनाउँदै नेता प्रदिप ज्ञवालीले भने, उनैले तोकिएको कमाण्डरको नेतृत्वमा तीनकुनेमा अप्रिय घटना घटयो, त्यसमा १५ दिनपछि दुःख ब्यक्त गरे तर जिम्मेवारी भने लिएनन ।

उनले चयन गरेका कमाण्डरहरू ठिक नभएको पनि ज्ञवालीको टिप्पणी रहेको छ। ‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्विकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’ ज्ञवालीले भने ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु