global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी

कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी

कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारको ध्यान कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित भएको बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा मन्त्री अधिकारीले शुभकामना सन्देश जारी गर्दै कृषि प्रधान देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र सम्भव हुने बताएका हुन् ।

‘कृषि प्रधान हाम्रो देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र सम्भव छ भन्ने दृढ विश्वास लिएको छु,’ उनले जारी गरेको शुभकामनामा भनिएको छ । सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकहरूको जीवनस्तर उकास्न, पशुपालन व्यवसायलाई प्रवर्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध छ ।

सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधार, प्रविधिको प्रयोग र कृषकमैत्री कार्यक्रमहरू अघि बढाउँदै आएको छ । आगामी दिनमा कृषि क्षेत्रमा गरिएका प्रतिबद्धतालाई सार्थक रूप प्रदान गर्नको लागि हाम्रो प्रयासहरू त्यसतर्फ केन्द्रित हुनेछ ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु