global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शिक्षकहरुको आन्दोलनले काठमाडौं सडक अस्तव्यस्त

शिक्षकहरुको आन्दोलनले काठमाडौं सडक अस्तव्यस्त

शिक्षकहरुको आन्दोलनले काठमाडौं सडक अस्तव्यस्त

शिक्षकहरुको आन्दोलनका कारण सोमबार(आज) पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ ।

सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन् । जसका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो ।

आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी संचालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु