global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नयाँ वर्षमा लभ स्टोरी ‘पुष्पलता’ को घोषणा

नयाँ वर्षमा लभ स्टोरी ‘पुष्पलता’ को घोषणा

नयाँ वर्षमा लभ स्टोरी ‘पुष्पलता’ को घोषणा

नयाँ वर्ष २०८२ को पहिलो दिन सोमवार नयाँ नेपाली फिल्म ‘पुष्पलता’ निर्माण गरिने घोषणा गरिएको छ । ॐ वायूपुत्र फिल्म्स प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्ने औपचारिक घोषणा गरिएको हो । सुनिल निउरेको लेखन तथा निर्देशनमा यो फिल्म लभ स्टोरी जनरामा बन्ने छ ।

यो फिल्ममा काम गर्ने प्रमुख पात्र को–को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन । पछिल्लो समय बनिरहेको प्रेम कथाभन्दा फरक प्रेम कथामा ‘पुष्पलता’ बन्ने लेखक तथा निर्देशक निउरेले बताए । थुप्रै फिल्ममा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठूलो पर्दामा यो डेब्यु फिल्म हुनेछ ।

फिल्मका दुई थीम पोस्टरसमेत सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले पनि फिल्म प्रेम कथामा बन्ने झलक दिएको छ ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु