गृहपृष्ठ सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ बाट रिलिज हुने
सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ बाट रिलिज हुने

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ।
नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।
सोमबार सार्वजनिक पोस्टरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ।
फिल्ममा उनीहरु श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ ।माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ। सौगातले सिनेमामा जनयुद्धको घाइतेको भूमिका निवार्ह गरेका छन्।
फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।
प्रकाशित समय : ११:०३ बजे