global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ युक्रेनमाथि रुसको वर्षकै विनाशकारी हमला, ३४ को मृत्यु

युक्रेनमाथि रुसको वर्षकै विनाशकारी हमला, ३४ को मृत्यु

युक्रेनमाथि रुसको वर्षकै विनाशकारी हमला, ३४ को मृत्यु

उत्तरपूर्वी युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण हुँदा ३४ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेका दुई बालबालिका पनि छन्।

सिएनएनका अनुसार यो वर्ष (सन् २०२५) को युक्रेन–रुस द्वन्द्वको सबैभन्दा घातक आक्रमणमा १० जना बालबालिकासहित ११७ जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार सहरको केन्द्रमा रहेको विश्वविद्यालय भवन र सडकमा विस्फोट हुँदा ठूलो क्षति भएको थियो।

यो हमलाप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गहिरो दुख व्यक्त गर्दै रुसमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेका छन्। उनले भने, ‘रुस आतंक मच्चाउन चाहन्छ, यो युद्ध लम्ब्याउन चाहन्छ। आक्रमणकारीलाई आतंककारीकै रूपमा व्यवहार गर्नुपर्छ।’

घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाइरहेका छन्। सुमी पछिल्ला केही सातादेखि लगातार रुसी आक्रमणको निशानामा छ। रुसले हालै सुमी क्षेत्रको एक गाउँ कब्जा गरेको दाबी गरेको थियो। यो हमलाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। अन्तर्राष्ट्रिय समुदायले आक्रमणको कडा निन्दा गरेको छ।

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु