global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक

समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक

समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक

वन्यजन्तुको संरक्षणका लागि समुदाय केन्द्रीत सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आजदेखि ७ गतेसम्म समुदाय केन्द्रीत कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज निकुञ्जमा झण्डोत्तोलन गरेर सप्ताहका सुरुआत गरिँदै छ । हरेक वर्ष वयजन्तु संरक्षणका लागि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै आएको छ । समुदायस्तरमा वन्यजन्तु संरक्षणको सचेतना जगाउनका लागि कार्यक्रम प्रभावकारी हुने गरेको उनले बताए ।

उनले भने “समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन सकेमा संरक्षण कार्य प्रभावकारी हुने छ ।” निकुञ्ज, नेपाली सेनाले मात्रै वन्यजन्तुको महत्व बझ्नुभन्दा पनि समुदायस्तरमा बुझाउन सके चोरि सिकारी न्यूनीकरण हुने, वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताए ।

निकुञ्ज संरक्षणमा राज्य मात्रै नभएर समुदायको महत्वपूर्ण भूमिका हुने हुँदा यस्ता कार्यक्रमले समुदायलाई संरक्षणतर्फ डो¥याउन थप मद्दत मिल्ने गरेको छ । चोरी सिकारी नियन्त्रणमा सबैभन्दा बढी भूमिका समुदायको रहने गरेको छ ।

प्रकाशित समय : ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु