global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ म्यानमारमा स्वास्थ्य सेवा गरी फर्केको टोलीलाई सेनाको सम्मान

म्यानमारमा स्वास्थ्य सेवा गरी फर्केको टोलीलाई सेनाको सम्मान

म्यानमारमा स्वास्थ्य सेवा गरी फर्केको टोलीलाई सेनाको सम्मान

म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्यउपचारका लागि खटिई स्वदेश फिर्ता भएका नेपाली सेनाको टोलीलाई जंगीअड्डामा सम्मान गरिएको छ ।

एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले २३ जनालाई आज आइतबार महारथी श्री प्रशंसा निसानद्वारा सुशोभित गरेका हुन् ।

म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्ननेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरी शुक्रबार स्वदेश फिर्ता भएको थियो ।

उक्त टोलीमा शल्यक्रिया विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित थिए । चिकित्सकीय टोलीले म्यानमारको म्यान्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीलाई ओपीडी सेवा प्रदान गरेको थियो ।

प्रकाशित समय : २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु