गृहपृष्ठ निलम्बित न्यायाधीश गिरीले पाए सफाइ
निलम्बित न्यायाधीश गिरीले पाए सफाइ

निलम्बित न्यायाधीश भुवन गिरीले सफाइ पाएका छन्। गिरीलाई उच्च अदालत, पाटनले सफाइ दिएको हो।
वैवाहिक बलात्कार मुद्दामा आइतबार (आज) न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो।
जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो।
उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो। जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए।
प्रकाशित समय : २१:२० बजे