गृहपृष्ठ शेख हसिनाकी भतिजीविरूद्ध पक्राउ पुर्जी
शेख हसिनाकी भतिजीविरूद्ध पक्राउ पुर्जी

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी भतिजी ट्युलिप सिद्दीकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
बंगलादेशको भ्रष्टाचार निरोधक आयोग (एसीसी) ले सिद्दीकविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएको सिद्दीक ब्रिटिस सांसद एवं पूर्वमन्त्री हुन्।
उनीमाथि अवैध रूपले जमीन प्राप्त गरेको आरोप लगाइएको छ। एसीसीले यो विषयमा छानबिन गर्न सिद्दीकविरूद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ।
सिद्दीकमाथिको छानबिन पूर्वप्रधानमन्त्री हसिना शासनको जाँचको हिस्सा रहेको जनाइएको छ।
प्रकाशित समय : २१:१४ बजे