global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, तीन पक्राउ

सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, तीन पक्राउ

सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, तीन पक्राउ

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक युवकको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगर रहेका छन् ।

समुन्द्र, ३४ वर्षीय रामबहादुर थारु र कालु भन्ने ३६ वर्षीय राम थारु शनिबार दिउँसो जंगलमा सिकार खेल्न गएका थिए । बुद्धभूमि–९ स्थित गब्दहवा र खैरभट्टीको सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्न गएकामा रामबहादुरको बन्दुक पड्किएर समुन्द्रलाई गोली लागेको खुलेको छ ।

घटनापछि घाइते गाहा मगरलाई उनीहरूले कसैलाई जानकारी नदिई भैरहवा मेडिकल कलेज पुर्‍याएको प्रहरीको भनाइ छ । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु