गृहपृष्ठ चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव

आजदेखि यहाँ ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’ सडक खाना महोत्सव प्रारम्भ भएको छ । महोत्सवको नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका छन।
बहुभाषिक, बहुजातीय, बहुसंस्कार र बहुसंस्कृति भएको मुलुकको यो विविधताले विश्वमा नेपालको बेग्लै परिचय भएकाले यस्ता महोत्सवका माध्यमबाट आन्तरिक एवं पर्यटक आकर्षित गर्न मद्दत पुग्ने उनले बताए।
देशको दिगो विकास सरकारको प्राथमिकता भएको बताउँदै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।
दोलखा चेम्बर अफ कमर्स र होटल तथा पर्यटन व्यवसायी सङ्घको संयुक्त आयोजनामा महोत्सव भएको हो । महोत्सव तीन दिनसम्म जारी रहने छ ।
प्रकाशित समय : २०:४३ बजे