गृहपृष्ठ कोशी प्रदेशस्तरीय बहिरा क्रिकेटको उपाधि मोरङलाई
कोशी प्रदेशस्तरीय बहिरा क्रिकेटको उपाधि मोरङलाई

कोशी प्रदेशस्तरीय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ।
विराटनगरको झापा बैजनाथपुरस्थित गिरिजाप्रसाद क्रिकेट मैदानमा आइतबार सम्पन्न उपाधि भिडन्तमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि हात पारेको हो।
टस जितेर ब्याटिङ गरेको सुनसरीको टोली निर्धारित २० ओभरमा ९८ रनमा समेटियो। सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खड्काले ११ रनको योगदान दिए।
प्रकाशित समय : १९:१३ बजे