global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर क्षेत्रमा भिषण आक्रमणमा परी १०० भन्दा बढील ज्यान गुमाएका छन् ।

विस्थापित मानिसहरूका लागि अनिकाल प्रभावित शिविरहरूमा दुई दिने आक्रमणमा परी २० बालबालिका र ९ जना सहायता कार्यकर्ताहरूसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

सुडानमा संयुक्त राष्ट्रका मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेता सलामीका अनुसार आरएसएफ र सहयोगी मिलिशियाहरूले जम्जाम, अबु शोरोक शिविर र उत्तरी दारफुर प्रान्तको प्रान्तीय राजधानी अल फाशर नजिकैको शहरमा आक्रमण गरेको थिए ।

‘शिविरहरू शुक्रबार र शनिबार फेरि आक्रमण गरियो,’ उनले एक बिज्ञप्तिमा भनिन, ‘जमजम शिविरका स्वास्थ्य पोष्टहरू मध्ये एकमा आक्रमण हुदाँ जना सहायता कार्यकर्ताहरू पनि मारिन पुगेका छन ।’

जम्जाम र अबु शौकले ७ लाख भन्दा बढी मानिसहरूलाई आश्रय दिइएको छ, जुन यस क्षेत्रमा विगतका लडाईहरूको क्रममा डार्फरमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।

‘यसले सुडानमा झण्डै दुई वर्ष अघि यो द्वन्द्व सुरु भएदेखि नै विस्थापित मानिसहरू र सहायता कार्यकर्ताहरूमाथिको क्रुर आक्रमणको श्रृंखलामा अर्को घातकप्रतिनिधित्व गर्दछ,’ उनले भनिन्।

 

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु