global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उपाधि जित्न नेपालले कुवेतबाट पायो १७५ रनको लक्ष्य

उपाधि जित्न नेपालले कुवेतबाट पायो १७५ रनको लक्ष्य

उपाधि जित्न नेपालले कुवेतबाट पायो १७५ रनको लक्ष्य

हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।

हङकङको मोङ कोकमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

कुवेतले बलियो सुरुआत गरे पनि त्यसअनुसार मध्यक्रमका ब्याटरले इनिङ सम्हाल्न नसक्दा विशाल योगफल बनाउन सकेन ।

कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ४.२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुआत दिलाएका थिए ।

कुनै समय ११.५ ओभरमा तीन विकेट गुमाएर १२७ रन बनाएको कुवेतले आशातित फिनिसिङ भने पाउन सकेन ।

उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए ।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए । यस्तै, कुशल भुर्तेल र करण केसीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाली टिम अपराजित छ । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । समान खेलबाट चार अंक जोडेको कुवेत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।

 

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु