global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको छ ।

आज जनकपुरधाममा डिक्का महासङ्घको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले डिक्का समुदायमा आबद्ध जातजातिका अगुवा नेताहरूलाई शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर काम गनृ आग्रह गरेको हो ।

सभामुख मण्डलले समाजको समग्र विकासका लागि शिक्षा र नेतृत्व विकास अपरिहार्य रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री शिवकुमार मण्डल, मधेस प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डल तथा महासङ्घका नेताहरूले पनि आफ्ना धारणा राखेको थियो ।

महासङ्घमा धानुक, केबट, कुर्मी र अमात्य जातिका समुदाय आबद्ध छन् । विभिन्न १५ जिल्लाबाट प्रतिनिधि सहभागी रहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष अनिल सदाले जानकारी दिए । महाधिवेशनले डिक्का समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उत्थानमा योगदान पुर्‍याउने गरी नीति लिने उनले बताए।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु