global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज  तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगले दिएका सुझाव अध्ययन गरी कार्यान्वयन गरिने बताएको हो ।

अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए । “अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२÷८३ को बजेट ल्याउछौँ । त्यसको तयारीमा सरकार लागिरहेको छ”, उनले भने ।

अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए ।  यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा अर्थमन्त्री पौडेले नेपाल राष्ट्र बैङ्कको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताए । उनले भने, “बजारमा चर्चा गरिएजस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय ग¥यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ ।”

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु