global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पुरानै ब्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न : उपप्रधानमन्त्री सिंह

पुरानै ब्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न : उपप्रधानमन्त्री सिंह

पुरानै ब्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।

लोकतान्त्रिक नेवास् खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताएका हुन्।

उनले लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेको परिवर्तन सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहको जोड छ ।

हामीले अधिकारलाई मात्रै उपभोग गर्न खोजेर हुँदैन । अधिकारसँगै जोडिएर आउने दायित्व र कर्तव्यहरूको पनि पालना गर्नुपर्छ, अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको स्मरण गर्दै मन्त्री सिंहले भने, हामीले पाएको अधिकारको संरक्षण हुने कि नहुने भन्ने कुरा हामीले नै गर्ने व्यवहारमा भर पर्दछ ।

उनले प्राप्त अधिकार संस्थागत गर्दै राजनीतिक स्थायित्व कायम गरेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।

अधिकारको महत्व नबुझेका कतिपयले अहिले व्यवस्थामाथि नै प्रश्न गरिरहेको सिंहले बताए।

अधिकार खोसिनुको पीडा भोग्ने र बुझ्नेहरूलाई थाहा भएको भन्दै उपप्रधानमन्त्री सिंहले पुरानै व्यवस्थामा फर्किने विषयमा कल्पनासम्म पनि गर्न नसक्ने बताए।

जनतामा रहेको निराशालाई असल काम र व्यवहारले चिर्दै जानुपर्नेमा उनले जोड दिए ।

नयाँ वर्षको अवसरमा उनले सबैलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु