गृहपृष्ठ संसद सचिवालयले भन्यो, ‘प्रतिनिधिसभाको एक स्थान रिक्त’
संसद सचिवालयले भन्यो, ‘प्रतिनिधिसभाको एक स्थान रिक्त’

प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको जानकारी दिएको हो। सचिवालयका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना निकालेर नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुन आएको उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को उपनियम २ मा प्रतिनिधि सभामा स्थान रिक्त भएको अवस्थामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना प्रकाशित गरेका हुन् । बोहराको यही चैत १९ गते निधन भएको थियो ।
प्रकाशित समय : १६:१२ बजे