global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने बताएका छन ।

उनले संविधानको विरोधमा अनर्गल प्रचार गर्ने र नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसँग सचेत हुनुपर्ने बताए । नेकपा एमालेले आज बुटवलमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरु मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिए ।

पार्टी उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पौडेलले नेकपा (एमाले) सँग देश बनाउने योजना, सही विचार र सक्षम नेतृत्व भएकाले एमालेको नेतृत्वमा मात्र देशलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउन सकिने उल्लेख गरे ।

उनले दलहरू सधैँ जनतासँग रहने तर दरबारियाहरू आफ्नो स्वार्थमा केन्द्रित हुने बताए। “अहिले एमालेलाई कमजोर बनाउन त्यही शक्ति लागेका छन्, यो एमाले विरुद्धको प्रहार हो”, उनले भने, “एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो ।”

नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालले पार्टी नेतृत्वको साख गिर्न नदिने गरी सबै पार्टी पंक्तिले साथ दिनुपर्ने बताए । “समाजलाई भयभित बनाउने काम भइरहेको छ”, उनले भने, “सरकारका अभियानलाई नेपाली जनताले साथ दिनैपर्छ ।”

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी र जिल्ला सचिव चित्रबहादुर केसीले जनजागरण सभा कोही कसैका बिरुद्धमा नभइ राष्ट्रिय एकता, सार्वभौम सत्ताको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनताको ऐक्यबद्धताका लागि आयोजना गरिएको बताए ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु