global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ स्टार्टअप वर्ल्ड कप नेपालको ग्राण्ड फिनाले काठमाडौंमा हुने

स्टार्टअप वर्ल्ड कप नेपालको ग्राण्ड फिनाले काठमाडौंमा हुने

स्टार्टअप वर्ल्ड कप नेपाल–२०२५ को ग्राण्ड फिनाले यहीँ वैशाख ११ गते काठमाडौँमा हुनेभएको छ । प्रतियोगिताको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल फिनालेमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालका उत्कृष्ट स्टार्टअपलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार र उद्यमशील व्यक्तिहरुसँग जोडेर उनीहरुको सञ्जाल विस्तारमा सहयोग गर्दै आएको छ । नेपाली स्टार्टअपको विश्व प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजना विश्वास रहेको छ ।

प्रतियोगिताले नेपाली स्टार्टअपलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वर्ल्ड कपका दक्षिण एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा शम्भु पोखरेलले बताए ।

फाइनलमा देशभरका प्रतिष्पर्धीबाट छानिएका १० उत्कृष्ट स्टार्टअपहरू प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्टमध्ये एउटा स्टार्टअपलाई नेपाल च्याम्पियन घोषणा गरिनेछ ।

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु