global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त

सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त

सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै उनको परिवारजनमा समवेदना व्यक्त गरेका छन ।

बोहराको निधन भएको ११औँ दिन आज स्व बोहोराको निजी निवास बालुवाटारमा पुगेर दिगवङ्त सांसद बोहोराको परिवारसँग भेट गरी सभामुख घिमिरेले समवेदना व्यक्त गरेका हुन । दिगवङ्त बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को वरिष्ठ नेता तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सदस्य थिए ।

त्यसैगरी सांसद सूर्य थापाले आज उनको निवासमा पुगेर समवेदना व्यक्त गरेका छन । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको उपचारको क्रममा यही चैत १९ गते मङ्गलवार निधन भएको हो । पोस्ट–कोभिड समस्याबाट पीडित राप्रपाका संस्थापक नेता बोहोरा पर्यटन राज्यमन्त्री, पर्यटन सहायकमन्त्री, निर्माण तथा यातायात राज्यमन्त्री, निर्माण तथा यातायातमन्त्री, वन तथा भूसंरक्षणमन्त्री, श्रम तथा रोजगारमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका थिए।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु