global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आठ महिनामा वाणिज्य बैंकहरूको नाफा २.८१ प्रतिशतले बढ्यो, कुनको कति ?

आठ महिनामा वाणिज्य बैंकहरूको नाफा २.८१ प्रतिशतले बढ्यो, कुनको कति ?

आठ महिनामा वाणिज्य बैंकहरूको नाफा २.८१ प्रतिशतले बढ्यो, कुनको कति ?

चालु आर्थिक बर्षको ८ महिना (साउन–फागुन)सम्म वाणिज्य बैंकहरूको नाफा २.८१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्याङ्क अनुसार ८ महिना (साउन–फागुन)सम्म हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा गत बर्षको सोही अवधिको तुलनामा २.८१ प्रतिशतले बृद्धि भएको हो ।

गत बर्ष २० वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएको यस बर्ष भने सो रकम ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

फागुन मसान्तसम्म ११ वटा बैंकको नाफामा बृद्धि भएको छ भने ९ वटाको घटेको छ । सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकको नाफा गत बर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, नबिल बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको नाफा बृद्धि भएको छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । ८ महिनामा यो बैंकले ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा बढी नाफा घट्नेमा एनआइसी एशिया बैंक रहेको छ । यो बैंकको नाफा सबैभन्दा बढी ६७.७५ प्रतिशतले घटेको हो ।

एनआइसी एशिया बैंकले समीक्षा अवधिसम्म ८१ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्ष २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । कृषि विकास बैंक लिमिटेडले यस अवधिमा सबैभन्दा कम नाफा कमाएको छ । कृषि विकास बैंकले फागुन मसान्तसम्म ७३ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु