global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड लिड’ कार्यक्रम सम्पन्न

पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड लिड’ कार्यक्रम सम्पन्न

पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड लिड’ कार्यक्रम सम्पन्न

पोखरामा डिजी स्कुलले ‘कनेक्ट एण्ड लिड’ कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेशको आयोजना एवंम् तेजारथ ग्रुपको समन्वयमा आइटी क्षेत्रको विकसित पाठ्यक्रमबारे छलफल तथा बहस गर्न डिजी स्कुलले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

डिजी स्कुलले विद्यालय तहको आइटी पाठ्यक्रम तथा आइटी क्षेत्रको विकसित पाठ्यक्रमको बारे गण्डकी प्रदेशका शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको हो । सो छलफलका क्रममा डिजी स्कुलले ल्याएको आइटीसम्बन्धी पाठ्यक्रम, अवसर र उपयोगिताबारे डिजी स्कुलका सिइओ राजु बानियाले जानकारी दिएका थिए ।

उनले पछिल्लो समय सूचना प्रविधिको युग भएको जनाउँदै स्कुल लेभलमा आइटी कोर्सको आवश्यकताबारे चर्चा गरेका थिए । यस्तै सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमा ल्याइएको आइटी कोर्स व्यापारिक प्रयोजनका लाग नभई शैक्षिक अभियान भएको बताए ।

कार्यक्रममा डिजी ग्रुपका स्ट्राटिजी हेड सुमन बस्यालले डिजी स्कुलले ल्याएको उक्त पाठ्यक्रमको महत्त्व, प्रयोग, र उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । डिजी स्कुलले सन् २०१९ मा बेलायतको एनसिसी एजुकेसनको सहकार्यमा सो आइटी कोर्स नेपाल भित्राएको थियो ।

उक्त पाठ्यक्रम स्कुलले लिन चाहेमा प्रत्येक विद्यार्थीबापत प्रतिवर्ष नेपाली ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने डिजी स्कुलले जनाएको छ ।

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु