global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

महालक्ष्मी विकास बैंक लि. ले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक श्री राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ ।

बैंकले आफ्ना ग्राहकलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्नेछ ।

बैंकले सदैव ग्राहकहरूको आवश्यकता अनुरूप नवीनतम वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकता पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ ।

बैंकको यस सेवाले ग्राहकको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही बिभिन्न नविनतम् सेवाहरू उपलब्ध गराउने योजना रहेको छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा समेत ल्याएका छौं ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु