global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ स्वदेश फर्कियो फुटबल टोली

स्वदेश फर्कियो फुटबल टोली

स्वदेश फर्कियो फुटबल टोली

एएफसी एसिएन कप छनोट–२०२७ अन्तर्गतअन्तिम चरणको छनोट खेलमा मलेसियासँग खेलर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

मङ्गलबार भएको खेलमा नेपाल मलेसियासँग २–० गोलले पराजित भएको हो । मलेसियासँग रक्षात्मक प्रदर्शन गरेपनि नेपालले गोल फर्काउन सकेको थिएन ।

मलेसियासँग खेल्नुअघि नेपालले सिङ्गापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले उक्त खेलमा सिङ्गापुरलाई उसैको मैदानमा १–० गोलले हराएको थियो । नेपालले सिङ्गापुरलाई ३६ वर्षपछि हराएको हो ।

समूह ‘एफ’ अन्तर्गत नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ । समूहको शीर्षस्थानमा रहेने टोलीले एसियन कप खेल्नेछ ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु