गृहपृष्ठ राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका वृद्धको मृत्यु
राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका वृद्धको मृत्यु

सल्यानको बागचौर नगरपालिका-७ का ७० वर्षीय टीकाराम वलीको जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउने क्रममा लडेर मृत्यु भएको हो ।
बिहीबार बिहान ११:५० बजे लाइनमा बसेका वली लडेपछि टाउकोमा गम्भीर चोट लागेको थियो । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा दिउँसो १२:५५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित समय : १७:५८ बजे