global ime bank Long Banner Ad

गृहपृष्ठ अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ ।

गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए ।

अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी दुई हजार २०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उनले बताए । कोषमा श्रमिकलाई आबद्ध गराउन चालु आवमा २५ लाख विनियोजन गरिएको छ ।

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु