global ime bank Long Banner Ad

गृहपृष्ठ बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो । अहिले २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्दछ ।

अब १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी प्राधिकरणले त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिश गर्ने निर्णय गरेको छ ।

नियमन आयोगले स्वीकृति दिएपछि यो निर्णय लागू हुनेछ । साना विद्युत प्रयोगकर्ताको मिटर रिडिङ ३ महिनामा एक पटक गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु