global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए

कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए

कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए

काठमाठौँ महानगरपालिका–७ कालो पुलमा रहेको गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका सात टहरा भत्काइएका छन् ।

आज उक्त स्थानमा अवैध रूपमा निर्माण गरिएका सात संरचना भत्काइएका र अन्य तीन संरचना भत्काउन बाँकी रहेका महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए । उक्त संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गा मुडा गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको पनि उनले बताए । उक्त स्थानमा विगत ४० वर्षदेखि बसोबास गरी विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरी, वडा नं ७ का वडाध्यक्ष, स्थानीयबासीको रोहवरमा गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमित संरचना भत्काइएका हुन् । गुठी संस्थानले कामपालाई संरचना भत्काउन सहयोग मागेको जनाइएको छ ।

प्रकाशित समय : २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु