global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रियलमी सि ७५ नेपालमा सार्वजनिक

रियलमी सि ७५ नेपालमा सार्वजनिक

रियलमी सि ७५ नेपालमा सार्वजनिक

विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्याधिक मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषताहरू सहितको रियलमी सि ७५ ले यस सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्नेछ ।

अत्याधिक टिकाउपन रियलमी सि ७५ लाई जस्तो सुकैपरिस्थितिहरू सामना गर्न निर्माण गरिएको छ । आईपी ६९ प्रमाणीकरण प्राप्त यो स्मार्टफोन धुलोर पानी प्रतिरोधी रहेको छ । आर्मरसियल ग्लासले यसलाई २६०% बढी ड्रप रेजिस्ट्यान्ट र ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनाउँछ । साथै योस्मार्टफोन एक्कासी खस्दा, कम्पन हुँदा र चरम तापक्रमहरु पनि सहन सक्षम रहेको कम्पनीको दाबी छ ।

६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिब रियलमी सि ७५ मा रहेको ६००० एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक, र ६० दिनकोस्ट्यान्डबाई टाइम प्रदान गर्छ । साथमा यसको ४५ वाटको फास्ट चार्जिब प्रविधिले मात्र ३० मिनेटमै यसलाई ५०% चार्ज गर्न सक्छ ।

शक्तिशाली प्रदर्शन रियलमी सि ७५ ले मेडियाटेक हेलियो जि ९२ म्याक्स प्रोसेसर प्रयोग गरिएको छ जसले सहजैगेमिब गर्न, छिटो एप चलाउन र सहज रूपमा अन्य धेरै कार्य गर्न मद्दत गर्छ । यसमा ८ गिगाबाइट डाइनामिक मेमोरीको साथमा १६ जिबीसम्म मेमोरी विस्तार गर्न सकिनेविशेषता रहेको छ । १२८ जीबी र २५६ जीबी स्टोरेज अपसन रहेको यस स्मार्टफोनलेमाइक्रोएसडी कार्ड पनि समर्थन गर्दछ ।

स्मूथ र इमर्सिभ अनुभव ६.७२ इन्चको फुल एचडी डिस्प्ले सहितको रियलमी सि ७५ ले ९० हर्जको रिफ्रेस रेट प्रदान गर्छ जसले स्मूथ स्क्रोलिब, जीवन्त कदरहरू र उत्कृष्ट भिजुअल अनुभव सुनिश्चित गर्छ । ६८० निट्सको उच्चतम ब्राइटनेसले प्रत्यक्ष घाममा पनि उत्कृष्ट डिस्प्लेप्रदान गर्छ ।

एआई फोटोग्राफी
५० मेगापिक्सेलको एआई क्यामाराले उच्च–रेजोल्युसन, स्पष्ट र भाइब्रान्ट फोटोहरू प्रदान गर्दछ । एआई नाइट मोडले कम लाइटिबमा समेत उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ । ८ मेगापिक्सेलको एआई ब्युटी प्रन्ट क्यामाराले प्राकृतिक र उत्कृष्ट सेल्फीहरू खिच्न मद्दत गर्छ ।

एआई स्मार्ट अनुभव
रियलमी सि ७५ का अन्य एआई फिचरले यस स्मार्टफोन प्रयोग गर्न बग्लै अनुभव प्रदान गर्दछ । एआईस्मार्ट लूपले ब्याकग्राउन्डमा चल्ने प्रक्रियाहरूलाई व्यवस्थापन गरेर ब्याट्री जीवनमा सुधार ल्याउँछ । एआई क्लियर फेसले भिडियो कलमा अनुहार अझ स्पष्ट देखाउँछ । एआई स्मार्ट मोसन जेस्चरको साथमा सामान्य हातको संकेतहरूबाट फोन नियन्त्रण गर्न सकिन्छ ।

उपलब्धता तथा मूल्य
रियलमी सि७५ नेपालभरका सबै आधिकारिक रियलमी रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ । ८+१२८ जिबी भेरियन्ट: २६,९९९– ८+२५६ जिबी भेरियन्टः २९,९९९

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु