global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक

नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक

नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक

नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक लगाइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा न्यून गुणस्तर पाइएपछि औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो ।

विभागले भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४०, पेन्टोप्राजोल ट्याब्लेटको एमजीको ब्याच नम्बर सीआई६४३००८ को बिक्रीवितरणमा रोक लगाएको छ । यस औषधिको आयातकर्ता शारदा मेड्केयर ट्रेडर्स प्रालि काठमाडौं रहेको विभागले जनाएको छ ।

यस्तै, भारतकै एरिस्टो फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर एमपीजे२३३४८७ को एसिटप ४० एमजी, पेन्टाप्राजोल औषधि पनि बिक्रीमा रोक लगाइएको छ । यस औषधिको नेपाली आयातकर्ता युनिक ट्रेड लिंक प्रालि वीरगन्ज हो ।

विभागले खराबी देखिएको ब्याचको औषधि बिक्रीवितरण नगर्न तथा बजारबाट फिर्ता ल्याएर त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु