global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ साना उद्यमीका लागि कोसीमा कर्जा सुरक्षण र उदय चुनौती कोष सञ्चालनमा

साना उद्यमीका लागि कोसीमा कर्जा सुरक्षण र उदय चुनौती कोष सञ्चालनमा

साना उद्यमीका लागि कोसीमा कर्जा सुरक्षण र उदय चुनौती कोष सञ्चालनमा

कोसी प्रदेश सरकारले साना तथा मझौला उद्यमी कर्जा लगानीमा जमानत प्रदान गर्न प्रादेशिक कर्जा सुरक्षण कोष र उदय चुनौती कोष सञ्चालनमा ल्याउने भएको छ ।

साना तथा मझौला उद्यमीहरूको व्यावसायिक उन्नयन, नव–प्रवर्तन र कार्यकुशलता अभिवृद्धिका लागि प्रदेशले यो सुरु गर्ने भएको हो ।

कोषले पुँजी वृद्धिमा पहुँच बढाउन बैंकले कर्जा लगानीमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्ने प्रदेश सरकारको विश्वास छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र नेपालका लागि स्वीजरल्यान्डकी राजदूत डेनियल म्यूलीले कोषको उद्घाटन गरेका थिए ।

कोसी प्रदेशका आर्थिक मामिलामन्त्री मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री भण्डारीले नेपालको अर्थतन्त्रको विकासमा साना तथा मझौला उद्यमीको योगदान महत्त्पूर्ण रहेको बताए ।

उद्यमीहरूले धितोको अभावमा पुँजीको लगानी बढाउन नसकिरहेको अवस्थामा कोसी प्रदेश सरकारले अघि सारेको प्रादेशिक कर्जा सुरक्षण योजना संघ र अन्य प्रदेशका लागि समेत उदाहरण हुने उनको भनाइ छ ।

 

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु