गृहपृष्ठ फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक
फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक

बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक गरिएको छ ।
इदको छेको पारेर आगामी आइतबार ३० मार्च बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीले भरिएको छ । साढे तीन मिनेट लामो ट्रेलरमा सलमानलाई गरिबको मसिहाको रूपमा प्रस्तुत गरिएको छ ।
‘सिकन्दर’ मा सलमानको जोडी रश्मिकासँग बाँधिएको छ भने मुख्य भिलेनमा ‘बाहुबली’ का ‘कटप्पा’ अर्थात् सत्यराज छन् । प्रतीक बब्बर, काजल अग्रवाल, अन्जिनी धवन र शरमन जोशीको पनि अभिनय फिल्ममा देख्न सकिन्छ ।
‘गजनी’ निर्देशक एआर मुरुदासले निर्देशन गरेको फिल्म साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘सिकन्दर’ ले प्रदर्शन अगावै लगभग ८० प्रतिशत लगानी सुरक्षित गरिसकेको छ ।
प्रकाशित समय : १६:०७ बजे