global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगर रहेका छन्।

उनलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।

मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। मगरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा अनुसन्धान थालिएको छ। बालिकाको स्वास्थ्य परीक्षण लगायतको कार्य भइरहेको छ।

यस्तै, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाइली रहेका छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

रसाइलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

 

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु