गृहपृष्ठ सल्यानमा जिप दुर्घटना : १७ जना घाइते
सल्यानमा जिप दुर्घटना : १७ जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
आज बिहान जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ गतियाना स्थित तिमिलेबाट सल्यान श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा सल्यान शारदा नगरपालिका १ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका ३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय डम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, गिता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित समय : १३:०१ बजे